काठमाडौं उपत्यकामा बाढीको वितण्डा (फोटो)

काठमाडौं उपत्यकामा बाढीको वितण्डा (फोटो)

काठमाडौं : बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका नदी–खोलाको जलसतह बढेर आसपासका क्षेत्रमा बाढी पसेको छ। बाढीले यहाँको जनजीवन प्रभावित भएको छ।

काठमाडौंको बल्खु, तरकारी बजार, कुलेश्वर, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्र डुबानमा परेको छ।

 

त्यस्तै, ललितपुरको युएन पार्क क्षेत्र, सुन्दरीघाट, बालकुमारी, च्यासल आदि क्षेत्रमा बाढी पसेको छ। बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको छ। च्यासलमा ग्यासको बुलेट नै खोलाले बगाएको छ।

उता भक्तपुरको राधे राधे क्षेत्रमा पनि समेत बाढी आएको छ। काभ्रेको पनौती क्षेत्रमा बाढी पस्दा जनजीवन प्रभावित भएको छ।

असोज ११, २०८१ शनिबार १०:२६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।