अत्यधिक खतरा भएपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

अत्यधिक खतरा भएपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

काठमाडौं : सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।

ब्यारेज प्रहरी चौकी कार्यालयका अनुसार पानीको बहाव बढकाले सबै ढोका खोलिएको हो। ब्यारेजमा अहिले चार लाख १९ हजार क्यूसेक पानी बगिरहेको छ।

एक दशकअघि ब्यारेजभन्दा माथि पश्चिम कुशहामा बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएको थियो। त्यसैले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरूले विशेष सतर्कता अपनाएका छन्।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले प्राविधिक टोलीसहित नियमित अनुगमन गर्न र सतर्क रहन सूचित गरेको थियो।

असोज ११, २०८१ शनिबार १०:०४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।