हिजबुल्लाहको मिसाइल युनिटका कमाण्डर मारेको इजरायली दाबी

हिजबुल्लाहको मिसाइल युनिटका कमाण्डर मारेको इजरायली दाबी

एजेन्सी : इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी बेरुतमा गरेको हवाई हमलामा हिजबुल्लाहको मिसाइल युनिट कमाण्डर मोहम्मद अली इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल मारिएको दाबी गरेको छ।

आईडीएफले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेर यो जानकारी दिएको हो।

पोस्टमा लेखिएको छ, 'अली इस्माइल इजरायल राष्ट्रमा धेरै आतंकवादी हमलाहरू निर्देशित गर्न जिम्मेवार थिए। जसमा इजरायली क्षेत्रतर्फ रकेट प्रहार गर्ने र बुधबार मध्य इजरायलतर्फ सतहदेखि सतहमा मार हान्ने मिसाइलहरू समावेश छन्।'

यसपछि हिजबुल्लाहको मिसाइल र रकेट फोर्सका प्रमुख इब्राहिम मुहम्मद काबिसीको पनि मृत्यु भएको आइडीएफले जनाएको छ । यी बाहेक अन्य वरिष्ठ कमाण्डरको पनि मृत्यु भएको छ।

असोज ११, २०८१ शनिबार ०८:१९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।