काठमाडौं खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता

काठमाडौं खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता
फाइल

काठमाडौं : काठमाडौं महानगरपालिका-१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। 

प्रहरीका अनुसार आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक घर भइ हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ बेपत्ता छन्। 

हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।   

असोज १०, २०८१ शुक्रबार २१:५३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।