‘भिजिबिलिटी’ कम भएपछि भरतपुर र सुर्खेतको उडान रद्द

‘भिजिबिलिटी’ कम भएपछि भरतपुर र सुर्खेतको उडान रद्द

काठमाडौं : अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले भरतपुर र सुर्खेतको सबै उडान रद्द भएको बताए। 

उनले अहिलेम्म भद्रपुर र पोखरा उडान नभएको बताए। भरतपुर विमानस्थलबाट दैनिक आठ उडान हुने गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

असोज १०, २०८१ शुक्रबार २०:३३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।