लगातारको वर्षापछि पहिरो खस्न सक्ने भएपछि नारायणगढ-मुग्लिन सडक १३ घन्टा बन्द

लगातारको वर्षापछि पहिरो खस्न सक्ने भएपछि नारायणगढ-मुग्लिन सडक १३ घन्टा बन्द

चितवन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणगढ-मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। 

लगातारको वर्षापछि पहिरो खस्न सक्ने जोखिम रहेको उल्लेख गर्दै रातको समयमा सवारी आवतजावत बन्द गरिने भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश्वर रिमालका अनुसार आज र भोलि सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो। बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ। 
    
अत्यावश्यक सवारीबाहेक अन्य सवारी सञ्चालन नहुने उनले बताए। 

सवारी साधन नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ। 

असोज १०, २०८१ शुक्रबार २०:२०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।