१५९ जनाले वरिष्ठ अधिवक्ताको उपाधि पाउँदा चारजना मात्र महिला

१५९ जनाले वरिष्ठ अधिवक्ताको उपाधि पाउँदा चारजना मात्र महिला

काठमाडौं :  सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले एक सय ५९ अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ।

नेपाल बार काउन्सिलको सिफारिसमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको बैठकले उक्त निर्णय गरेको हो। 

वरिष्ठ अधिवक्ताको उपाधि पाउने अधिवक्ताहरूमा पूर्वमहान्यायाधिवक्ता डा दीनमणि पोखरेल, नेपाल बारका पूर्वमहासचिव खम्मबहादुर खाती, डा भीमार्जुन आचार्य, बाबुराम दाहाल, ज्योति बानियाँ, पूर्णिमा रिमाल गुरागाईं, शान्तिराम खतिवडा, ललितबहदुर बस्नेत, विष्णुमाया भुसाल, राजुप्रसाद चापागाईं, पद्मबहादुर श्रेष्ठ, रामप्रसाद भण्डारी, राजु खड्का, सरिता शर्मा, राजु खड्कासहित एक सय ५९ छन्। तर, त्यसमा चारजना मात्र महिला परेका छन्। 

वरिष्ठ अधिवक्ताको उपाधि पाउने महिलामा काठमाडौंकी पूर्णिमा रिमाल, पर्वतकी सरिता शर्मा, मोरङकी कविता बस्नेत र कपिलवस्तुकी विष्णुमाया भुसाल छन्। सरिता र विष्णुमाया नेपाल ल क्याम्पसमा प्राध्यापनरत छन्। 

नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम मापदण्ड पुगेका अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको हो।  

असोज १०, २०८१ शुक्रबार १७:०८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।