उच्च अदालतमा पहिलो र पाँचौं नम्बर बरीयताका दुई न्यायाधीश सर्वोच्च अदालतमा नियुक्ति गर्न सिफारिस

उच्च अदालतमा पहिलो र पाँचौं नम्बर बरीयताका दुई न्यायाधीश सर्वोच्च अदालतमा नियुक्ति गर्न सिफारिस

काठमाडौं : न्यायपरिषदले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाठनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो।

उच्च अदालतको न्यायाधीशको बरीयतामा न्यायाधीश निरौला एक नम्बर र पाण्डे पाँचौं नम्बर बरीयतामा थिए।

संसदीय सुनुवाइपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्।

सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्नुपर्ने भए पनि नाममा सहमति नजुट्दा २ जनाको मात्र सिफारिस भएको हो।  

असोज १०, २०८१ शुक्रबार १५:४९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।