दुई महिनामा ६ अर्ब ७० करोड रूपैयाँको मोबाइल नेपाल भित्रिए

दुई महिनामा ६ अर्ब ७० करोड रूपैयाँको मोबाइल नेपाल भित्रिए

काठमाडौं : चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरूले विभिन्न अफरहरू सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ।

साउन र भदौमा भित्रिएका मोबाइल दशैं तिहारलाई लक्षित गरेरै भित्रिएको अनुमान गरिएको छ। गत वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड भन्दा बढी भन्सार मूल्यका मोबाइल नेपाली बजारमा भित्रिएका छन्।

गत वर्षको तुलनामा यस वर्ष दशैंलाई लक्षित गरेका कारण साउन र भदौमा ८८ हजार ४ सय वटा बढी मोबाइल भित्रिएका हुन्।  

असोज १०, २०८१ शुक्रबार १५:११:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।