झापाको भद्रपु्रमा सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

झापाको भद्रपु्रमा सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं : सर्वोत्तम सिमेन्टले २०८१ असोज ५ गतेका दिन झापाको भद्रपुर नगरपालिका-९ मा अवस्थित आफ्नो सर्वोत्तम ईष्ट प्रालिको कारखानामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

‘सुखद जीवनका लागि हामी निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् र कम्पनीले निःशुल्क औषधि समेत वितरण गरेको छ।

उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरूले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए।

उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उप-प्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष रामप्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा उपस्थिति रहनु भएको थियो।

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो। साथै आगामी दिनहरूमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्ध छ।

असोज १०, २०८१ शुक्रबार १३:३६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।