त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेको विमान एक घण्टादेखि आकाशमा घुमेको घुम्यै

त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेको विमान एक घण्टादेखि आकाशमा घुमेको घुम्यै

काठमाडौं : खराब मौसमका त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि थाइ एयरको जहाज आकाशमै एक घण्टाभन्दा लामो समयदेखि हाेल्ड भएको छ।

थाई एअरको जहाजले ओभरसुट गरेर (ल्यान्डिङ गर्न लाग्दा फेरि उडेको)आकाशमै होल्ड भइरहेको हो।

विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको हो। विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ।

थाई एयरवेजको फ्लाइट टीजीथ्रीवाननाइन बोइङ्ग ७७७ जुन बैंककबाट काठमाडौं आएको हो।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता रिन्जी शेर्पाले उक्त विमान अवतरण गर्न नसकी फर्किएको बताए।

‘पाइलटलाई सहज लागेन भने मिस एप्रोच गर्छ,’ उनले भने, ‘अनुकूलता मिलाएर फेरि अवतरणको प्रयास हुन्छ।’

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ। शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ।

असोज १०, २०८१ शुक्रबार १३:२०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।