शिगेरु इसिबा जापानको भावी प्रधानमन्त्री बन्दै

शिगेरु इसिबा जापानको भावी प्रधानमन्त्री बन्दै

एजेन्सी : फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार देशका पूर्व रक्षामन्त्री शिगेरु इसिबा देशको नयाँ प्रधानमन्त्री बन्ने छन्।

शुक्रबार, शिगेरु इसिबा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र देशको नेतृत्वमा निर्वाचित भएका हुन्।

रोयटर्सका अनुसार वर्तमान सत्तारुढ एलडीपीका नेता शिगेरु इसिबा प्रधानमन्त्री बन्ने लगभग निश्चित छ। किनभने संसदको तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण छ।

जापानको लोकतान्त्रिक प्रणालीमा संसदको तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ।

इशिबाले पहिलो र दोस्रो चरणको मतदानमा आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएकी हुन्।

असोज १०, २०८१ शुक्रबार १२:५३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।