झापाको नन्दा खोलाको बाढी सतर्कता तहमा, १६ स्टेशनमा अत्यधिक वर्षा मापन

झापाको नन्दा खोलाको बाढी सतर्कता तहमा, १६ स्टेशनमा अत्यधिक वर्षा मापन

काठमाडौं : पूर्वी पहाडमा भइरहेको निरन्तरको वर्षाका कारणा झापाको निन्दा खोलाको बाढी सतर्कता स्तरमा पुगेको छ।

शुक्रबार विहानदेखिको वर्षाका कारण पानी चेतावनीको तहमा पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यहाँ १२२ क्युबिक मिटर प्रति सेकेन्ड भएपछि चेतावनीको तहमा पुग्ने गर्छ। अहिले यहाँक पानीको बहान १२२.३७ क्युबिक मिटर प्रति सेकेन्ड छ।

पानीको सतहले खतरा संकेत पार गर्नु सुरक्षाका दृष्टिले आसपासका क्षेत्रमा जोखिम हुने गर्छ। पानीको तह बढेसँगै निन्दा खोला आसपासका क्षेत्रका स्थानीयलाई सचेत रहन समेत महाशाखाले आग्रह गरेको छ।

सो खोलाले पूर्वपश्चिम राजमार्ग उत्तरभन्दा दक्षिण तर्फको क्षेत्र मेचीनगर १५, भद्रपुर ९ लगायत केही क्षेत्र र कचनकवल गाउँपालिकामा बढी क्षति गर्छ। जो निन्दाको तटीय क्षेत्र हो।

यसका साथै देशका १६ वटा वर्षा मानपन स्टेशनको विवरण अनुसार त्यहाँ अन्यधिक वर्षा भइरहेको छ। १६ मध्ये १४ स्टेशन पूर्वी पहाडका छन् भने दुई पाल्पाका छन्।

असोज १०, २०८१ शुक्रबार १२:२६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।