ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै सेयर धितो राखेर कर्जा लिन मिल्ने

ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै सेयर धितो राखेर कर्जा लिन मिल्ने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ।

यसअन्तर्गत इच्छुकले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन्।

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन्।

यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन्।

यो सेयर धितो कर्जाको सीमा हालका लागि पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म तोकिएको छ।

यो कर्जाको निमित्त धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयमको हुनुपर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन।

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ।

असोज १०, २०८१ शुक्रबार १२:०९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।