कुमारी बैंकले दशैंको आठ दिन दैनिक ५० जनालाई ५०१ रुपैयाँसम्मको क्यासब्याक दिने

कुमारी बैंकले दशैंको आठ दिन दैनिक ५० जनालाई ५०१ रुपैयाँसम्मको क्यासब्याक दिने

काठमाडौं : कुमारी बैंकले दशैंको अवसरमा ‘दशैं उत्सव क्यासब्याक अफर’ सञ्चालनमा ल्याएको छ।

घटस्थापनादेखि महानवमी सम्मको नौ दिन सञ्चालन हुने अफरबाट कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यो योजना अन्र्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरूमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

असोज १०, २०८१ शुक्रबार ११:४१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।