प्रतिकुल मौसमले आन्तरिक हवाइ उडान प्रभावित

प्रतिकुल मौसमले आन्तरिक हवाइ उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका देशभित्रको आन्तरिक हवाइ उडान प्रभावित भएको छ।

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो।

काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरा, जनकपुर विमानस्थलमा नहुँदा उडान प्रभावित भएका हुन्।

मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको विमानस्थल प्रशासनले जनाएको छ। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ। जसकारण हवाई तथा सडक यातायात प्रभावित भएको छ।

असोज १०, २०८१ शुक्रबार १०:१४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।