बिहार : जितिया पर्वमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४३ जनाको मृत्यु

बिहार : जितिया पर्वमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४३ जनाको मृत्यु
फाइल तस्बिर

एजेन्सी : बिहारमा जितिया पर्वमा खोला र पोखरीमा नुहाउने क्रममा ४३ जनाको मृत्यु भएको छ। जसमा ३७ बालबालिका र ६ महिला रहेका छन्।

यी दुर्घटना गत २४ र २५ सेप्टेम्बरमा प्रदेशका १६ जिल्लामा भएको दैनिक भास्करले जनाएको छ।

सबैभन्दा बढी १० जनाको मृत्यु औरंगाबाद जिल्लामा भएको छ। यहाँ दुई छुट्टाछुट्टै घटनामा आठ बालबालिकाको डुबेर मृत्यु भएको हो।

सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्छ।

जितिया पर्व नेपालको तराई र मधेश क्षेत्रका साथमा भारतको पूर्वी उत्तर प्रदेशका केही भागहरूमा मनाइन्छ।

यस दिन महिलाहरूले आफ्ना सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै २४ घन्टा केही नखाई नपिई व्रत बस्ने गर्छन्।

असोज १०, २०८१ शुक्रबार ०९:१४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।