लिग-२ सिरिजअघि नेपालले अमेरिकासँग टी२० सिरिज खेल्ने

लिग-२ सिरिजअघि नेपालले अमेरिकासँग टी२० सिरिज खेल्ने

काठमाडौं : अमेरिकामा हुने आईसीसी विश्वकप लिग २ सिरिजअघि नेपालले अमेरिकासँग तीन खेलको टी२० सिरिज खेल्ने भएको छ।

अमेरिका क्रिकेटले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै टेक्सासस्थित ग्रान्ड पेरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा तीन खेलको एक दिवसीय सिरिज हुने जनाएको छ।

१७, १९ र २० अक्टोबरमा हुने खेल नेपाली समय अनुसार विहान पौने छ बजेबाट सुरु हुनेछ।

विश्वकपमा देखिएको उत्साहका कारण पनि अमेरिका क्रिकेटले नेपालसँगको सिरिज राखेको हो। विश्वकपमा नेपालको पहिलो खेल यही रंगशालामा भएको थियो, जहाँ दर्शकले भरिभराउ थिए।

सिरिजका लागि अमेरिका क्रिकेटको टिकट मूल्य समेत तय गरिसकेको छ। तीनमध्ये पहिलो र तेस्रो खेलको टिकट मूल्य १० डलर र दोस्रो खेलको मूल्य १५ डलर तोकिएको छ।

अमेरिका क्रिकेटका अध्यक्ष वेणु पिसिके आफू दुई देशबीचको खेलको व्यग्र प्रतिक्षामा रहेको भन्दै दुवै देशको क्रिकेट समर्थकलाई रंगशालामा खाएर खेल हेर्न आग्रह गरे।

यसलगत्तै नेपालले स्कटल्यान्ड र अमेरिसँग यही मैदानमा लिग २ सिरिज खेल्नेछ। जुन २५ अक्टोबरदेखि सुरु हुनेछ।

असोज १०, २०८१ शुक्रबार ०८:४१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।