लिग २ को क्यानडा सिरिजमा घरेलु टोलीले निकाल्यो शत प्रतिशत नतिजा

लिग २ को क्यानडा सिरिजमा घरेलु टोलीले निकाल्यो शत प्रतिशत नतिजा

काठमाडौं : क्यानडामा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग २ सिरिजमा घरेलु टोलीले शतप्रतिशत नतिजा निकालेको छ।

छ खेल भएकोमा क्यानडामा आफ्ना चारै खेल जितेको हो। पहिलो खेलमा नेपाललाई १०३ रनले पराजित गरेको घरेलु टोलीले दोस्रो खेलमा ओमानलाई ५९ रनले हराएको थियो।

तेस्रो खेलमा पुनः नेपाललाई पाँच विकेटले हराएको क्याडनाले चौथो खेलमा ओमानलाई उही पाँच विकेटले पराजित गर्यो।

सम्पन्न सिरिजमा नेपालले एक खेलमा पनि जित निकाल्न नसक्दा ओमानले भने नेपाललाई एक विकेटले पराजित गरेको थियो।

नेपाल र ओमानबीचको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि एक–एक अंका बाँडिएको थियो।

क्यानडा सिरिज सकिँदा अंकतालिामा नजर लगाउने हो भने क्यानडा १२ खेलमा १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको अमेरिकाले आठ खेलमा १२ अंक जोडेको छ भने समान खेलमा समान अंक भएको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।

नामिबिया, स्कटल्यान्ड र ओमान क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा हुँदा नेपाल सातौं र युएई आठौं स्थानमा छ।

असोज १०, २०८१ शुक्रबार ०८:२०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।