पछिल्लो २४ घण्टामा झापा, मोरङ र सप्तरीमा अत्यधिक वर्षा, सतर्क रहन आग्रह

पछिल्लो २४ घण्टामा झापा, मोरङ र सप्तरीमा अत्यधिक वर्षा, सतर्क रहन आग्रह

काठमाडौं : पछिल्लो २४ घण्टामा झापा, मोरङ र सप्तरीमा अत्यधिक वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाको केचना, मोरङको विराटनगर एयरपोर्ट र सप्तरीको बरमझियामा सबैभन्दा बढी वर्षा भएको हो।

केचनामा पछिल्लो २४ घण्टामा १७५.४ मिलिमिटर वर्षा हुँदा बरमझियामा १६१.२ मिलिमिटर र विराटनगर एयरपोर्टमा १५१ मिलिमिटर वर्षा मापन भएको छ। यो पानीले क्रममशः मेची, कोशी र केशलिया नदीको बहाव बढाउनेछ।

यसलाई महाशाखाले खतराको तहमा राख्दै बाढी आउसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

असोज १०, २०८१ शुक्रबार ०७:५६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।