जलवायु परिवर्तन तत्काल सम्बोधन हुनुपर्ने विषय हो : मन्त्री राणा

जलवायु परिवर्तन तत्काल सम्बोधन हुनुपर्ने विषय हो : मन्त्री राणा

अमेरिका : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन्।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दे मन्त्री राणाले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘हामीहरूको साझा घर पृथ्वीमा जलवायु परिवर्तनका कारण विगतमा कहिल्यै भोग्नु नपरेको चुनौतीहरूको सामना गर्नु परिरहेको छ, यो तत्कालै सम्बोधन हुनुपर्ने विषय हो।’

जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो उनको भनाइ थियो।

अहिले हिमशृङ्खलामा परेको वातावरणीय असरको कारणले बाढीपहिरो तथा पूर्वाधारहरुको क्षयीकरण बढिरहेको उल्लेख गर्दै उनले यसलाई सम्बोधन गरेर मानवीय संकट काम गर्न सबै तप्काले सहकार्य गर्न जरुरी रहेको आवश्यकता औँल्याइन्।

असोज १०, २०८१ शुक्रबार ०७:४०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।