सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार, घाइतेलाई अस्पताल लगियो

सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार, घाइतेलाई अस्पताल लगियो

सुनसरी : कोसी ब्यारेजको ३४-३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा बस खसेको छ।
 
विराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए। 
 
उनका अनुसार बसमा सबार सबै जनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। 

सशस्त्र प्रहरीबल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट डिएसपीको नेतृत्वमा उद्धार गरिएको थियो। बसमा 

१७ यात्री सवार रहेको प्रहरीले जनाएको छ। 

असोज ९, २०८१ बिहीबार २१:०५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।