हनी ट्रयापिङको सहयोगी प्रहरी, बलात्कार मुद्दामा तर्साएर ३० लाख असुलियो

हनी ट्रयापिङको सहयोगी प्रहरी, बलात्कार मुद्दामा तर्साएर ३० लाख असुलियो

काठमाडौं : एक व्यवसायीलाई पक्राउ गरेर बलात्कार मुद्दामा फसाइदिने भन्दै धम्क्याएर ३० लाख असुलेको आरोपमा प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाही छानबिनको दायरामा तानिएकी छिन्।

उनले ती व्यवसायीलाई नियन्त्रणमा लिएर धम्क्याउँदै आफन्तको खातामा ३० लाख रुपैयाँ हाल्न लगाएको खुलेपछि जिम्मेवारीबाट हटाएर छानबिनका लागि उपत्यका प्रहरी कार्यालयमा तानिएको छ।

उपत्यका प्रहरी कार्यालयले छानबिनका लागि जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनाएको छ। 

छानबिनमा संलग्न स्रोतका अनुसार असोज ७ मा ठाडो उजुरीको आधारमा एक ब्यापारीलाई पक्राउ गरेर २० लाख बैंक खातामा र १० लाखको चेक लिएर छाडेको देखिएको छ। 

यसमा शाहीसँगै अन्य एक युवक र युवतीसमेत संलग्न देखिएका छन्। युवती ब्यापारीसँग घुमेर बलात्कारको ठाडो उजुरी दिएको र लेनदेनमा रिहा गरेको देखिएको छ। 

असोज ९, २०८१ बिहीबार २०:४३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।