७० लाखमा बनेको फिल्म ‘सानो संसार’ले प्रिमियरमा कस्तो प्रतिक्रिया पायो?

७० लाखमा बनेको फिल्म ‘सानो संसार’ले प्रिमियरमा कस्तो प्रतिक्रिया पायो?

काठमाडौं : नेपाली चलचित्र ‘सानो संसार’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ। भोलि शुक्रबारदेखि रिलिज हुने फिल्मको काठमाडौंको कमलपोखरीस्थित विग मुभिजमा प्रिमियर गरिएको हो। 

प्रिमियरमा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकारहरू जितु नेपाल, विल्सन विक्रम राईलगायत अन्य दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिए। 

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘सानो संसार’मा हास्य कलाकार केदार घिमिरे माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिकामा छिन्। 

उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ। 

सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका हुन्। सिद्धार्थको यो डेब्यु निर्देशन ह । चलचित्रको कार्यकारी निर्माता माधव वाग्ले हुन्।

अर्जुनकुमारको निर्माण रहेको यो चलचित्र ७० लाखमा बनेको हो। 

अक्सर दुई करोडभन्दा कम बजेटमा चलचित्र बन्दैनन् भनेर अधिकांश निर्माता तथा निर्देशकले बताइरहँदा अर्जुनले ७० लाखमा ‘सानो संसार’ बनाएका हुन्। उनी भने यो बजेटलाई आम नेपाली चलचित्रको बजेट भएको दाबी गर्छन्।  

असोज ९, २०८१ बिहीबार १५:४५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।