स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा उम्मेदवारी दर्ता
काठमाडौं : आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा उम्मेदवारी दर्ता हुने भएको छ।
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ को बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए।
सापकोटाका अनुसार मंसिर ३ मा उम्मेदवारको विरोधमा उजुरी दिने सकिने र मंसिर ४ को बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ।
५ को दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सकिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रवक्ता सापकोटाले जानकारी दिए।
मंसिर १६ को बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।
असोज १०, २०८१ बिहीबार १५:२९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।