१८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१८ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा रेमिट्यान्स आप्रवाह बढेको छ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) १८ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ छ। यो गत बर्षको साउन महिनाको तुलनामा २२.८ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा रेमिट्र्यान्स १ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।

त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत- नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १ सय ५२ र १६ हजार ४ सय २३ थियो।

साउन महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड थियो ।

असोज १०, २०८१ बिहीबार १४:२१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।