नेपाल एसबिआई बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रालिबीच सम्झौता
काठमाडौं : नेपाल एसबिआई बैंक र धुलिखेलस्थित आगन्तुक रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई सेवामा छुट दिने विषयमा सम्झौता भएको छ।
बैंकिङ डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी आवास सुविधामा १५ प्रतिशत र खाद्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चाकल तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा र आगन्तुक रिसोर्ट प्रालिका वरिष्ठ प्रबन्धक सरस्वति गुरुङले हस्ताक्षर गरेका थिए।
उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत, यादवेंद्र कांत, सल्लाहकार छविराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।
असोज १०, २०८१ बिहीबार १३:०७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।