सानिमा बैंकद्वारा सीजी डिजिटल प्रालिसँग सहकार्य, ग्राहकलाई छुटै छुट
काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ।
यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग मार्फत सीजी डिजिटल प्रालिमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो।
साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा १० हजार बराबरको क्यास ब्याकको व्यवस्था पनि गरेको छ। यसका लागि न्यूनतम ३० हजार रुपैयाँको कारोबार गरेको हुनुपर्नेछ।
यसैगरी बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।
असोज १०, २०८१ बिहीबार १२:३५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।