लेबनानमा संघर्ष बढेपछि अमेरिका र ईयूद्वारा २१ दिने युद्धविरामको प्रस्ताव

लेबनानमा संघर्ष बढेपछि अमेरिका र ईयूद्वारा २१ दिने युद्धविरामको प्रस्ताव

एजेन्सी : इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (इयु) र सहयोगी राष्ट्रहरूले तत्कालबाट लागू हुने गरी २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन्।

११ सहयोगी राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्धविरामको प्रस्ताव गरेका छन्।

अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुश्मनीले अब असह्य भएको बताएका छन्।

यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको भन्दै युद्ध लेबनान र इजरायलका जनताको हितमा नभएको बताएका छन्।

युद्धविरामको यो प्रस्ताव इजरायली सेना प्रमुखले हिजबुल्लाहमाथि जमिनबाट आक्रमणको तयारी गरिरहेको केही समयमा आएको हो।

इजरायलले विगत तीन दिनदेखि लेबनानमा रहेको हिजबुल्लाहका स्थानहरूमा हवाई आक्रमण गरिरहेको छ। हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म करिब करिब छ सय मानिसको मृत्यु भइसकेको छ।

यसैबीच लाखौं लेबनानी नागरिकहरू दक्षिणी लेबनानबाट उत्तरतर्फ रहेको देशको राजधानी बेरुततर्फ गएका छन्। यसले सडकमा लामो जाम लागेको छ।

असोज १०, २०८१ बिहीबार ०९:१५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।