आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ सार्वजनिक

आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ सार्वजनिक

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ नयाँ म्यादी जीवन बिमा योजना लिएर आएको छ। 

किफायती र उपयोगी विशेषतासहित विभिन्न पेसामा आबद्ध व्यक्तिलाई लक्षित गरी यो बिमा योजना ल्याएको कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ।

१८ वर्षभन्दा माथिका व्यक्तिहरूले न्यूनतम् बिमांक ५० हजार राखेर लिन सकिने यो विशेष म्यादी बीमा पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेसागत व्यक्तिका लागि रहेको कम्पनीले जनाएको छ।

असोज ८, २०८१ बुधबार २०:३०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।