थारू समुदायमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको छ : मन्त्री चौधरी

थारू समुदायमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको छ : मन्त्री चौधरी

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारू समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित आदिवासी थारू समुदायको राष्ट्रिय पर्व जितिया महोत्सव २०८१ लाई सम्बोधन गर्दै उनले थारू समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको भन्दै आफ्नो छोराछोरीलाई लगाम लगाउन सम्पूर्ण अभिभावकलाई आग्रह गरे। 

उनले भने, ‘आफ्नो छोराछोरीलाई चोट पटक नलागोस् भनेर मात्र होइन। शिक्षा पनि राम्रो होस् भनेर बस्नुहोला। थारू समाजमा दिनप्रति दिन शिक्षा, स्वास्थ्यको अवस्था कमजोर रहेको महसुस भइरहेको छ। सानोमा एकदमै राम्रो पढेको हुन्छ तर जति ठूलो हुन्छ, त्यति विद्यार्थीहरू कमजोर हुँदै जान्छ।’

उनले वर्तमान सरकारले सहकारी पीडितहरुको समस्या चाँडै सम्बोधन गर्ने भन्दै जनताको हितको लागि सरकार अग्रसर रहेको बताए। 

उनले भने, ‘म सरकारको मन्त्री भएको नाताले सबैभन्दा पहिले सुशासन कायम गर्ने कुरामा मेरो अहम् भूमिका छ। सहकारी पीडितहरुको समस्या पनि सरकारले चाँडै सम्बोधन गर्छ।’

मन्त्री चौधरीले जितिया पर्वलाई देशमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा भव्य रूपमा मनाउनु पर्ने बताए।  

असोज ८, २०८१ बुधबार १८:०५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।