बाजुरामा चट्याङ लागेर ६० वर्षीय पुरूषको मृत्यु

बाजुरामा चट्याङ लागेर ६० वर्षीय पुरूषको मृत्यु

काठमाडौं : बाजुरामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका-४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल छन्। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो। 

चट्याङ लागेर गौमुल गाउँपालिका-४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन्। 

उनको जिल्ला  अस्पतालमा उपचार भइरहेको छ। 

चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ।   

असोज ८, २०८१ बुधबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।