एनएमबि बैंकले पलेशा र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गर्यो

एनएमबि बैंकले पलेशा र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गर्यो

काठमाडौं : एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ। 

बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रूपैयाँ र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रूपैयाँ प्रदान गरेको छ। पलेशा गोबर्धनको उनको अभिभावकले उक्त नगद ग्रहण गरे। 
     
पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरूप नगद हस्तान्तरण गरिएको थियो।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्स्टेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

असोज ८, २०८१ बुधबार १६:३८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।