बसाइँसराई रोक्न गाउँपालिकाको नीति 'गाउँ फर्कनेलाई एक लाख अनुदान र ६ महिनाको खाद्यान्न खर्च दिइने'

बसाइँसराई रोक्न गाउँपालिकाको नीति 'गाउँ फर्कनेलाई एक लाख अनुदान र ६ महिनाको खाद्यान्न खर्च दिइने'

पर्वत : आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख रूपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ। 

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। 

उनले गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागु गरेको र गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने बताए। 

गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरूको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ। चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने छ। 

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन्।  

असोज ८, २०८१ बुधबार १५:४६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।