कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, रूखमा ओत लागेर एकजना बाँचे

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, रूखमा ओत लागेर एकजना बाँचे

काठमाडौं : कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार चट्याङ लागेर दोधारा चाँदनी नगरपालिका-६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका-१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो। 

चट्याङ लागेर दोधारा चाँदनी-६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन्। 

रूखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ। 

उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ।  

असोज ८, २०८१ बुधबार १५:३५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।