कुमारी बैंकले गर्यो गोकर्णेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण

कुमारी बैंकले गर्यो गोकर्णेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण

काठमाडौं : कुमारी बैंकले यूसएडको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ। जसअन्तर्गत काठमाडौंको गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरूलाई प्रशिक्षण दिइएको हो।

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास बैंकले लिएको बताइएको छ। 

बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिनेगरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

यस बैंकले देशभर रहेका ३०२ शाखा कार्यालय, ३१४ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ। 

असोज ८, २०८१ बुधबार १५:२८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।