एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकटमा १० प्रतिशत क्यासब्याक

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकटमा १० प्रतिशत क्यासब्याक

काठमाडौं : एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड (को ब्रान्डेड कार्ड) बाट हवाई टिकट किन्दा १० प्रतिशत क्यासब्याक दिने भएको छ। 

बैंकले कार्ड होल्डरहरूले चाडपर्वमा बुद्ध एयरको वेबसाइटबाट प्लेन टिकट काट्दा १० प्रतिशत (अधिकतम ५००) सम्म क्यासब्याक दिने घोषणा गरेको हो।

चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि सो अफर ल्याएको बैंकले जनाएको छ। यो अफर छठसम्मको लागि लागु हुनेछ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १८७ एटीएमहरू र ११ एक्स्टेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। 

असोज ८, २०८१ बुधबार १५:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।