धुलिखेल अस्पतालमा ‘इन्टर्नसिप’ गर्न आएका इटाली र जर्मनीका नागरिक लुटिए, आरोपी ३ जना पक्राउ

धुलिखेल अस्पतालमा ‘इन्टर्नसिप’ गर्न आएका इटाली र जर्मनीका नागरिक लुटिए, आरोपी ३ जना पक्राउ

काठमाडौं : धुलिखेल अस्पतालमा ‘इन्टर्नसिप’मा आएका इटालियन नागरिक २८ वर्षीया मार्टिन र जर्मनी नागरिक २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा नवलपरासी घर भई हाल काभ्रेको बनेपा नगरपालिका-६ सान फर्निचरमा काम गर्ने वर्ष २० वर्षीय हरि चौधरी, रामेछापको सुनापाती गाउँपालिका घर भई हाल काभ्रेको बनेपा-९ जनागाल बस्ने १७ वर्षीय सन्देश जैरू र काभ्रेकै पनौती नगरपालिका-९ सुनथान बस्ने १६ वर्षीय उज्ज्वल दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले राससलाई जानकारी दिए। 

उनका अनुसार इटाली र जर्मनीका नागरिकलाई चक्कु देखाएर बनेपामा एटिएम, मोबाइलसहितका सरसामान लुटपाट गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरिएको हो।

काभ्रेको बनेपा-६ भ्युटावरस्थित सिँढीको बाटोमा उक्त लुटपाट गरिएको प्रहरीले जनाएको छ। 

यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

असोज ८, २०८१ बुधबार १५:०७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।