राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं : राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्।

बुधबार राष्ट्रपति कार्यालयमा शितलनिवासमा अध्यक्ष विश्वकर्माले राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरे।

राष्ट्रपति कार्यालयका अनुसार अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०-८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरे हुन्।     

असोज ८, २०८१ बुधबार १४:२२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।