रविन्द्र मिश्रको फेसबुक स्टाटसप्रति बोल्यो प्रचण्डको सचिवालय, भन्यो- सस्तो राजनीतिक प्रचारमा नलाग्दा राम्रो ?

रविन्द्र मिश्रको फेसबुक स्टाटसप्रति बोल्यो प्रचण्डको सचिवालय, भन्यो- सस्तो राजनीतिक प्रचारमा नलाग्दा राम्रो ?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले रविन्द्र मिश्रले समय सन्दर्भ कटाएर आफ्नो स्वार्थअनुसारको विचार प्रस्तुत गरेको स्पष्टिकरण दिएको छ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले माओवादी अध्यक्ष प्रचण्डसँगको भेटपछि मनका कुरा खोलेको भन्दै लामो स्टाटस लेखेका थिए।

सचिवालयको तर्फबाट अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत अध्यक्षका विचार भनेर समय सन्दर्भबाट कटाएर  आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार नभएको टिप्पणी गरेकी छन्।

उनले पन्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भनेर प्रश्न समेत गरेकी छन्।

उनले रविन्द्र मिश्रलाई सस्तो राजनीतिक प्रचारमा नलाग्न समेत सुझाव दिएकी छन्।

‘पन्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोहि नेपाली भ्रममा होलान् र मिश्र जी? तसर्थ यति सस्तो राजनीतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि?’

यसका अलावा उनले अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने बलिदानीपूर्ण आन्दोलनको नेतृत्व, शान्ति र संविधान निर्माण नेतृत्व र सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानमा नेतृत्व गरिरहेको समेत स्मरण गराइन्।

असोज ८, २०८१ बुधबार ०८:५८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।