इजरायली आक्रमणलाई लेबनानले भन्यो- ‘यो नरसंहार हो’

इजरायली आक्रमणलाई लेबनानले भन्यो- ‘यो नरसंहार हो’

एजेन्सी : लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणलाई ‘नरसंहार’को संज्ञा दिएको छ।

विगत दुई दिनदेखि लेबनानको दक्षिण क्षेत्रमा रहेका हिजबुल्लाह बस्ने स्थानमा इजरायलले आक्रमण जारी राखेपछि अस्पतालहरू घाइतेले भरिएका छन्।

इजरायली स्वास्थ्य मन्त्री फिरास अबेदले इजरायली आक्रमणमा हालसम्म ५५० जनाको ज्यान गएको ‘स्पष्ट’ भइसकेको बताएका छन्। मृत्यु हुनेमा महिला र बालबालिका समेत ठूलो संख्यामा सर्वसाधारण रहेका छन्।

मंगलबार इजरायलले आफ्नो सेनाले हिजबुल्लाहका रकेट फोर्सका प्रमुखलाई मारेको दाबी गरेको थियो। इजरायलले पेजर र वाकी टकीजपछि हिजबुल्लाहमा अर्को ठूलो आक्रमण गरेको थियो।

इजरायली आक्रमणको जवाफमा हिजबुल्लाहले इजरायलको उत्तरी क्षेत्रमा ती सय रकेट प्रहार गरेको छ। इजरायली सेनाका अनुसार यस आक्रमणमा छ जना घाइते भएका छन्।

असोज ८, २०८१ बुधबार ०८:१९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।