बंगलादेशका सेना प्रमुखले भने- ‘जुनसुकै अवस्थामा अन्तरिम सरकारलाई साथ दिन्छौँ’

बंगलादेशका सेना प्रमुखले भने- ‘जुनसुकै अवस्थामा अन्तरिम सरकारलाई साथ दिन्छौँ’

एजेन्सी : बंगलादेशका सेना प्रमुख जनरल वकार-उज-जमानले अन्तरिम सरकारलाई जुनसुकै अवस्थामा सहयोग पुर्याउने बताएका छन्।

समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्तामा सेना प्रमुख जमानले देशमा ठूला सुधारहरू पूरा गर्न र आगामी डेढ वर्षमा निर्वाचन गराउनका लागि पनि अन्तरिम सरकारलाई हरसम्भव सहयोग गर्ने बताए।

उनले भने, ‘जे भए पनि म उनीहरूसँगै उभिनेछु, ताकि उनीहरूले आफ्नो मिसन पूरा गर्न सकून्।’

अन्तरिम सरकारका प्रमुख युनुस खानले कार्यभार सम्हालेपछि मुलुकमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन न्यायपालिका, प्रहरी र वित्तीय संस्थामा आवश्यक सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

बंगलादेशका सेना प्रमुखले एकदेखि डेढ वर्षभित्र लोकतान्त्रिक प्रणाली लागू गर्नुपर्ने बताए। उनले राजनीतिक दलहरुसँग संयमता अपनाउनुपर्नेमा पनि जोड दिए।

उनले भने, ‘मलाई सोध्ने हो भने म भन्छु कि हामी लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने समय यही हुनुपर्छ।’

असोज ८, २०८१ बुधबार ०७:३८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।