भुक्तानी नपाएको भन्दै लुम्बिनी विकास काेषका पदाधिकारीमाथि ठेकेदारहरूले गरे हातपात

भुक्तानी नपाएको भन्दै लुम्बिनी विकास काेषका पदाधिकारीमाथि ठेकेदारहरूले गरे हातपात

बुटवल : लुम्बिनी विकास काेषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले आक्रमण गरेका छन्।

राष्ट्रिय सभाकाे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकाे मंगलबार लुम्बिनीस्थित फाईभ हाेटलमा कार्यक्रम भईरहेकाे बेला ठेकेदारहरूकाे एक हुल हाेहल्ला गर्दै गुण्डागर्दी शैलीमा आक्रमणमा उत्रेका हुन्। 

उनीहरूले काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिवलाई आक्रमण गरेका हुन्।

काेषाध्यक्ष भट्टराईलाई एकाएक २० जनाकाे समूहले लछार्दै आक्रमण गरेका थिए। यस्तै, आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यकाे मुखमा चाेट लागेकाे छ। 

केही दिनदेखि गुरूयाेजनाकाे कामकाे भुक्तानी नपाएकाे भन्दै आन्दाेलनरत निर्माण व्यवसायीहरूकाे माग सम्बाेधन गरि समाधान गर्न लागिरहेकाे बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गरिएकाे काेषाध्यक्ष भट्टराईले बताए। 

उनले आफूमाथि ज्यान नै असुरक्षित हुनेगरि आक्रमण भएकाले सुरक्षाकाेसमेत माग गरे। 

समितिको बैठक चलिरहेको बेला सभापति सोनाम गेल्जेन शेर्पाकै अगाडि आक्रमण भएकाे हाे। 

त्यस कार्यक्रममा काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, राष्ट्रिय सभाका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे।

असोज ७, २०८१ मंगलबार १८:०५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।