सर्वोच्चले दुर्गा प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण सोध्यो

सर्वोच्चले दुर्गा प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण सोध्यो

काठमाडौं : सर्वोच्च अदालतले नेपाल प्रहरी र सरकारसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको छ।

प्रसाईंका छोरा निराजनले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। 

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाई गर्दै मंगलबार सर्वोच्चले १५ दिनभित्र विपक्षीका नाममा जबाफ पेस गर्न कारण देखाउ आदेश जारी गरेको हो।

आइतबार प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ कमेरोटारस्थित उनको घरको गेट नखुलेपछि प्रहरीले कमाउण्ड नाघेर गएर पक्राउ गरेको थियो।

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका उनलाई सोही दिन उनलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। 

त्यसपछि प्रसाईंका छोरा निराजनले भने आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। तर, सर्वोच्चले प्रसाईंलाई छाड्न अस्वीकार गर्यो।  

असोज ७, २०८१ मंगलबार १५:१३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।