ऐतिहासिक रजत पदक जितेर स्वेदश फर्किइन् एरिका

ऐतिहासिक रजत पदक जितेर स्वेदश फर्किइन् एरिका

काठमाडौं : २०औं सिनियर कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन्।

मंगलबार स्वदेश फर्किएकी उनलाई राष्ट्रिय खेलकुद परिषद्‌का पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन्।

चीनमा आइतबार भएको ६८ केजीमाथिको तौल समूहको फाइनलमा उनी भियतनामकी एनगोवान नुगेनसँग हारेपनि देशलाई रजत पदक दिलाएकी थिइन्।

यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेका थिएनन्। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

असोज ७, २०८१ मंगलबार १३:०३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।