सुनको मूल्य बढेको बढ्यै, आज अर्को कीर्तिमान

सुनको मूल्य बढेको बढ्यै, आज अर्को कीर्तिमान

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ।

यसअघि सोमबार नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेर एक लाख ५९ हजार सात रुपैयाँ प्रतितोला पुगेको छ। यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि सोमबार सुनको मूल्य तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य हिजोको तुलनामा पाँच रुपैयाँ घटेर एक हजार ९१५ रुपैयाँ कायम भएको छ।

असोज ७, २०८१ मंगलबार ११:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।