नेपाल एसबिआई बैंकद्वारा भीमफेदीको लेकाली बसीफाँट माविलाई सहयोग

नेपाल एसबिआई बैंकद्वारा भीमफेदीको लेकाली बसीफाँट माविलाई सहयोग

काठमाडौं : नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-९ स्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको छ।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले लेकाली बसीफाँट माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, बैंकका बागमती प्रदेश प्रमुख बिनोद कुमार ढुंगेल लगायत बैंक तथा विद्यालयका पदाधिकारी र शिक्षकहरू उपस्थिति थियो।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम गर्दै आएको छ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।

असोज ७, २०८१ मंगलबार १०:१२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।