विश्वकप लिग २ मा आज नेपालले ओमानको सामना गर्ने, लाज ढाक्न भए पनि जित्नैपर्ने दबाब

विश्वकप लिग २ मा आज नेपालले ओमानको सामना गर्ने, लाज ढाक्न भए पनि जित्नैपर्ने दबाब

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ।

खेल नेपाली समयअनुसार आज राति पौने नौ बजे क्यानडाको किंग सिटी मैदानमा हुनेछ। जारी सिरिजमा नेपालले खेलेका तीनै खेलमा पराजित भएको छ।

ब्याटरले राम्रो प्रदर्शन नगर्दा नेपाली टोली तुलनात्मक रुपमा कमजोर मानिएको क्यानडा र ओमानसँग पटक–पटक पराजित भइरहेको छ। लाज ढाक्नको लागि भए पनि नेपाली टोली आजको खेल जित्नैपर्ने दबाबमा छ।

पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसँग एक विकेटले हार्यो। तेस्रो खेलमा नेपाल पुनः क्यानडासँग पाँच विकेटले पराजित भयो।

नेपालले एकदिवसी खेलमा यही सिरिजमा मात्र क्यानडासँग लगातार दोस्रो हार व्यहोरिसकेको छ। यी खेलहरुपछि नेपाल, ओमान र क्यानडाले यही मैदानमा टी२० सिरिज पनि खेल्नेछन्।

असोज ७, २०८१ मंगलबार ०७:५५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।