हिजबुल्लाह लक्षित इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

हिजबुल्लाह लक्षित इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

एजेन्सी : लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ।

मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिला रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी आक्रमणहरूमा एक हजार ६४५ जना घाइते भएका छन्।

इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरेको जनाएको छ। जसकारण हजारौं परिवारले आफ्नो घर छाड्न बाध्य भएका छन्।

इजरायली सेनाका अनुसार हिजबुल्लाहले उत्तरी इजरायलमा दुई सयभन्दा बढी रकेट प्रहार गरेको छ। जसका कारण दुई जना घाइते भएका छन्।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबीचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशहरूले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

यो द्वन्द्व ठूलो युद्धमा परिणत हुनेमा विश्वभरका नेताहरू चिन्तित छन्।

असोज ७, २०८१ मंगलबार ०७:४२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।