घरमै खेल्ने क्रममा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

घरमै खेल्ने क्रममा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

काठमाडौं : सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। 

स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। 

घरमै खेल्ने क्रममा बिजुलीको प्लगमा औँला हालेका आयुषको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

करेन्ट लागेर अचेत बनेका बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  

असोज ६, २०८१ सोमबार २१:४४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।